२०७५ लाई फर्केर हेर्दा : ९४ वटा पुल निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

२०७५ लाई फर्केर हेर्दा : ९४ वटा पुल निर्माण

pul nirman

काठमाडौं, १ बैशाख । २०७५ पूर्वाधार निर्माण तथा यातायात सुधारको पहलकारी वर्षका रूपमा केन्द्रित देखिन्छ। चालु आर्थिक वर्षको बजेटले नयाँ पूवार्धार निर्माणमा जोड दिनभन्दा पुराना योजना सम्पन्न गर्नेतर्फ केन्द्रित छ। लामो समयदेखि चर्चामा रहेका तर कामै अघिबढ्न नसकेका परियोजना सुरु भएको र जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका केही महत्त्वपूर्ण सडक आयोजना सम्पन्न भएका छन्। पूर्वाधार विकासका लागि महत्त्वपूर्ण मानिँदै आएको सडक, पुल, विमानस्थलजस्ता परियोजना विशेष प्राथमिकतामा छन्।

संघीय सरकारले दुई लेनभन्दा माथिका सडक निर्माण गर्नेछ। संघीय सरकारले निर्माण गर्ने राष्ट्रिय सडक दुई लेनभन्दा सानो बनाउन नहुने सरकारी नीति छ।

९४ वटा पुल निर्माण

यो वर्ष पुल निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। यो वर्ष ९४ वटा पुल निर्माण भइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्यांक छ। चालु आवमा एक सय पुल निर्माण गर्ने सरकारी लक्ष्य छ। नेपाली इन्जिनियरद्वारा डिजाइन गरिएको दूधकोसी नदीमा एक सय २० मिटर, महेन्द्र राजमार्गको दुई सय २५ मिटर लामो रातु खोला पुल, ४सय मिटर लामो मरिन खोला पुल, ५ सय मिटर लामो कमला पुल र ३ सय ५० मिटर लामो भेरी नदी पुल निर्माण भएका छन्।

विकसित देशमा प्रयोग हुँदै आएको आर्क ब्रिज काठमाडौंको बिजुली बजार र पृश्वी राजमार्गको मुग्लिङमा निर्माण भएका छन्। काठमाडौंस्थित पुलमा सवारी गुड्न थालिसकेका छन् भने मुग्लिङस्थित पुल चालु आर्थिक वर्षभित्र सञ्चालनमा आउनेछ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);