सरकारी चिकित्सकको आन्दोलन संविधान र संघीयता बिरोधी : मन्त्री पण्डित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सरकारी चिकित्सकको आन्दोलन संविधान र संघीयता बिरोधी : मन्त्री पण्डित

lalbabu pandit

कैलाली, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुको माग नाजायज भएको बताएका छन् ।

कार्यकर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलसिलामा धनगढी आएका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा चिकित्सकहरुको समायोजन बिरुद्वको आन्दोलन संविधान र संघीयता बिरोधी भएको बताए ।

चिकित्सकहरु केन्द्र छोडेर प्रदेश जान नमान्नुलाई चिकित्सकहरुको माग नभई रडाको भएको पनि बताएका छन् । चिकित्सकहरु काममा नफर्के कडा कारबाही गरिने संघीय मामिलामन्त्री पण्डितले चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);