ओली नेतृत्वको सरकारलाई कम्युनिष्टको सरकार भन्नै मिल्दैन : मोहन वैद्य | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८१, सोमबार

ओली नेतृत्वको सरकारलाई कम्युनिष्टको सरकार भन्नै मिल्दैन : मोहन वैद्य

काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने बताएका छन् ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव बैद्यको तर्क छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले सो समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि उनले सरकारसमक्ष आग्रह गरे ।

महासचिव बैद्यले प्रधानमन्त्री ओलीले मुलुकको धरातलीय यथार्थलाई भुलेर गरिवी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);