मेलम्चीको बोर्ड बैठकः फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेलम्चीको बोर्ड बैठकः फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउने प्रस्ताव

melamchi

काठमाडौं, २५ चैत । मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ । यो समाचार आजके नागरिक दैनिकमा लेखेको छ ।

समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले फास्ट ट्र्याक प्रणालीबाट मेलम्चीको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);