कञ्चनपुर, २३ चैत । कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिकामा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समितिद्वारा वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट उपभोक्ता समिति र वन दुबैलाई फाईदा हुने भएकाले यो कार्यक्रम लागू गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वन उपभोक्ता समितिले जनाएको छ ।
पुनर्वास नगरपालिका वडा ७, ८ र ९ मा फैलिएको जनजागरण सामुदायिक वनको २.५ हेक्टर क्षेत्रफलमा कार्यक्रम लागू गरिने सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष कृष्णबहादुर तामाङ्गले जानकारी दिए ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट वन डढेलो, चरीचरण, अग्नी नियन्त्रण लाईन बनाउन तथा चोरी निकासी नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेल्ने हुनाले यसको व्यवहारिक प्रयोग गर्न लागिएको वन उपभोक्ता समितिले जनाएको छ । कञ्चनपुर जिल्लामा १० ओटा सामुदायिक वनमा बैज्ञानिक वन कार्यक्रम लागू गरिएको छ ।