काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकासहित देशका विभिन्नस्थानमा बिहानै देखी हावा हुरी र वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानै दखी वर्षा भएको हो ।
मौसम विभागले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने पुर्वानुमान गरेको छ । वर्षासँगै हावा र हुरीको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २८ जनाको मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए । विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसतभन्दा बढी नै हावाहुरी चल्ने मौसमविद मञ्जु बासीले बताए ।