निर्वाचन आयुक्तको उच्चस्तरीय अनुगमन टोली दुई नम्बर प्रदेशमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

निर्वाचन आयुक्तको उच्चस्तरीय अनुगमन टोली दुई नम्बर प्रदेशमा

काठमाडौँ, १७ भदौ । असोज २ गते हुन लागेको प्रदेश नं २ को स्थलगत अनुगमनका लागि निर्वाचन आयुक्तको टोलि त्यसतर्फ गएको छ । निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोवस्तलगायतका सम्पूर्ण पक्षको अनुगमन गर्न निर्वाचन आयुक्त त्यसतर्फ गएको निर्वाचन आयोगले आज विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

 

उच्चस्तरीय अनुगमन टोलीले प्रदेश नं २ मा पर्ने आठ जिल्लाका १३६ स्थानीय तहको अनुगमन गर्ने आयोगले जनाएको छ । त्यसतर्फ प्रस्थान गरेका आयुक्तमध्ये धनुषा र महोत्तरीमा इला शर्मा, रौतहट र सर्लाहीमा नरेन्द्र दाहाल, पर्सा र बारामा ईश्वरीप्रसाद पौड्याल तथा सप्तरी र सिरहमा सुधीरकुमार शाहले निर्वाचन तयारीको अनुगमन गर्नेछन् ।

 

अनुगमनका क्रममा उनीहरुले सम्बन्धित जिल्लास्थित कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजलगायतसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 

अनुगमन टोलीले बाढीबाट क्षतिग्रस्त सडक, कल्र्भट र पुलको मर्मतको अवस्था, मतदान स्थल र मतदान केन्द्रलगायत अवस्थाको अध्ययन गरी निर्वाचनका लागि आवश्यक व्यवस्थापन मिलाउन आवश्यकता अनुसार सम्बन्धित निकायलाई निर्देशन दिने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);