काठमाडौं, २० चैत । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले न्यायालयमाथि हस्तक्षेप गर्ने मनसाय सरकारको नरहेको बताएका छन् । मन्त्री ढकालले न्यायालयमाथि हस्तक्षेप गर्ने सरकारको कुनै पनि खालको योजना तथा नीति नरहेको पनि स्पष्ट पारे ।
बुधबारबाट काठमाडौंमा सुरु भएको न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा उनले न्यायालय, संघीय संसद र सरकार संविधानको दायरा भित्र रहेको उल्लेख गर्दै आ–आफ्नो अधिकारको उपयोग गर्न सार्वभौम र स्वतन्त्र रहेको पनि स्मरण गराए । मन्त्री ढकालले न्यायालयको जनशक्ति अभाव पूर्ति गर्न सरकारले अग्रसरता देखाएको विषयलाई लिएर न्यायालयमाथि हस्तक्षेप गरेको भन्न नमिल्ने बताए ।