काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराए ।
बुधबारबाट राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा उनले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रित हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुक अधिनायकवादतर्फ नभई उन्नत लोकतान्त्रिक समाजवादतर्फ उन्मुख भएको दाबी गरे ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पुष्पकमल दाहालले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका थिए । उनले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
अध्यक्ष दाहालले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए ।