मुलुकमा अधिनायकबाद आयो भनेर भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

मुलुकमा अधिनायकबाद आयो भनेर भ्रम नछर्न कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी

kp oli

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद आयो भनेर जनतामा भ्रम नछर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराए ।

बुधबारबाट राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद बैठकमा उनले मुलुक समृद्धिको अभियानमा केन्द्रित भएको र त्यसतर्फ सबै राजनीतिक दलहरुलाई केन्द्रित हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले मुलुक अधिनायकवादतर्फ नभई उन्नत लोकतान्त्रिक समाजवादतर्फ उन्मुख भएको दाबी गरे ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पुष्पकमल दाहालले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका थिए । उनले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष दाहालले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);