अर्गानिक उत्पादनमा प्रधानमन्त्री ओलीको जोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

अर्गानिक उत्पादनमा प्रधानमन्त्री ओलीको जोड

kp oli

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गा्निक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘अर्गानिक उत्पादनमा जोड दिनुपर्छ । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’ थोरै तर अर्गानिक उत्पादन गरे पनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने उनले बताए । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न आग्रह गरेका छन् ।  यो समाचार हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

प्रधानमन्त्री ओलीले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न समेत आग्रह गरेका छन् । दूध विकेन भने कुराउनी पकाउने, दही जमाएर घ्यू निकाल्न सकिने, मुला विकेन भने सिन्की बनाउने सकिने भन्दै उनले किसानहरुको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);