काठमाडौं, २० चैत । मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्ष पहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कार अनुसार काजक्रिया समेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।
झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक हो । जीवित सुवास र उनकी श्रीमती सन्तोषी तामाङ अहिले जिउँदो प्रमाणित गर्न स्थानीय तहदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसम्म हारगुहार गरिरहेका छन् ।
साउदी अरबको किङ अजिज अब्दुल अस्पतालले हुन्डाई कम्पनीका काम गर्ने सुवाससहित चार जना दुर्घटनाको भोलिपल्ट मृत्यु भएको घोषणा गर्यो ।




