मृतकका परिवारलाई ५ लाख उपलब्ध गराउने प्रचण्डको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८१, मंगलबार

मृतकका परिवारलाई ५ लाख उपलब्ध गराउने प्रचण्डको घोषणा

काठमाडौं, १९ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा आँधि हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीको तर्फबाट ५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आँधि र हुरीको मारमा परेका फेटा गाउँपालिकामा मंगलबार आयोजित राहत वितरण कार्यक्रममा बोल्दै आँधी हुरीले क्षति पु-याएका घरहरुको निर्माण गरिदिने सरकारले निर्णय गरेको पनि पीडितलाई जानकारी गराए ।

उनले घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले मिलाएको उल्लेख गर्दै आँधी र हुरीले प्रभावित क्षेत्रका जनताको पीडालाई सम्बोधन गर्न सिंगो मुलुक तयार रहेको बताए ।

अध्यक्ष दाहालले आँधि हुरीमा परी नष्ट भएका बालिनालीको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष दाहाल आँधि हुरी प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार बिहान त्यहाँ पुगेका थिए ।

त्यसक्रममा उनले नारायणी क्षेत्रीय अस्पताल, नेशनल कलेजमा पुगी उपचार गराईरहेका घाइतेहरुसँग पनि भेट गरेका छन् । गत आईतबार साँझ आएको आँधि हुरीका कारण बारा र पर्सा जिल्लामा २८ जनाको ज्यान गएको थियो भने सयौंको घर र बालीनाली नष्ट भएको छ ।

यसैबीच, नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आँधिहुरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । त्यसैगरी वरिष्ठ चिकित्सक गोविन्द केसी पनि आँधि हुरीबाट घाईते भएकाहरुको उपचारका लागि मंगलबार नै प्रभावित क्षेत्रमा खटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);