काठमाडौं, १९ चैत । काठमाडौंको नागार्जुन नगरपालिकाको चौंथो साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभामा नगरपालिकाले दुई वर्ष यता गरेको काम तथा योजनाको समीक्षा गर्दै भावी योजना बारेमा छलफल भएको थियो । साधारण सभामा नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीयवासीको आवश्यक्ताको आधारमा सडक लगायत विकास निर्माणको कामलाई उच्च प्राथमिकतामा राखी काम अघि बढाइएको जानकारी दिए ।
राजधानी भित्रैको नगरपालिका भएर पनि नागार्जुन नगरपालिका क्षेत्र भित्र सडक सञ्जालको अवस्था अत्यन्तै कमजोर छ । नगरले अहिले फोहोर मैला व्यवस्थापन, सडक बत्ति आदिलाई विकास योजनाको प्राथमिकतामा राखेको छ । नगर प्रमुख बस्नेतले पुराना तथा ऐतिहासिक महत्व बोकेका मठ मन्दिरहरुको सँरक्षण र युवालाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।