विकास निर्माणको कामलाई समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले अव निर्माण व्यवसायीहरुले समयमै गुणस्तरीय काम गर्नेमा विश्वास व्यक्त गरे । शनिवार काठमाडौंमा सुरु भएको नेपाल निर्माण व्यवसायी महासंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारको विकास गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

 

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकासका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढन प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले सार्वजनिक खरिद ऐन तथा नियमावलीलाई समसामयिक सुधार गर्दै लैजान सरकार तयार रहेको बताए ।

 

प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीहरुको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले इमान्दार भएर काम गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।

 

उनले मुलुकमा स्रोत, साधन र लगानीको अभाव नभएको उल्लेख गर्दै आवश्यक परे प्रविधि भित्रायाएर भएपनि विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा बोल्दै सिंचाई मन्त्री सञ्जयकुमार गौतम, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङलगायतका वक्ताहरुले विकास निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरुको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);