ओखलढुंगा, १७ चैत । ओखलढुंगामा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
आइतवार खोटाङको हलेसीबाट काठमाडौं आउँदै गरेको गरेको बा १६च २२०७ नम्बरको स्कारपियो जीप ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका वडानम्बर ६ स्थित भण्डारे खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा २ जना महिला र ४ जना पुरुष रहेको प्रहरीले जनाइएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेको नामावली
१. ताप्लेजुङको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा,
२. ताप्लेजुङको फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा,
३. काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ सेर्तुङ शेर्पा,
४. सोही ठाउँका ३५ वर्षीय नोर्बु शेर्पा,
५. वाङ्दा शेर्पा
६. डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन् । जीप सडकबाट ५ सय मीटर तल खसेको छ ।