बन्दागोभीले बजार नपाएपछि ट्याक्टरले जोतेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

बन्दागोभीले बजार नपाएपछि ट्याक्टरले जोतेर नष्ट

banda nasta

श्याम गुप्ता
बारा, १७ चैत ।आफैले दिनरात मेहेनत गरेर उव्जाएको उत्पादनलाई खेतबारी मै नष्ट गर्नु जस्तो पीडा अरु के नै होला र किसानहरुका लागि ? तर पटक-पटक बजारमा बिक्री गर्न खोजे पनि लागत मूल्य समेत उठ्न नसक्ने भएपछि आजित भएर बारा निजगढका किसानहरु बारी मै बन्दा नष्ट बाध्य छन् ।

साढे तीन दशक लामो तरकारी खेतीको निरन्तर अनुभव संगाल्दै आएका बारा निजगढ नगरपालिका वडा नं.९ शान्तिटोलका तरकारी उत्पादक किसान चन्द्रप्रसाद बिडारी यतिबेला निराश छन् । आँफैले खेतमा रोपेको बन्दागोभीले बजार नपाउँदा उनी दिनदिनै निराश छन् ।

उत्पादित तरकारीले बजार नपाएपछि विडारी यती खेर आफ्नो खेतीलाई ट्याक्टरले जोतेर नष्ट गरिरहेका छन् । १५ कठ्ठा मध्ये तीन कठ्ठाको बन्दा बिक्री गर्न उनलाई निकै हम्मे हम्मे प¥यो । अहिले बॉकी रहेका १२ कठ्ठामा ट्याक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् ।

भारतमा उत्पादन गरिएका तरकारीले नेपालमा राम्रो बजार पाएकाले पनि अहिले बाराका तरकारी उत्पादन गर्ने किसानहरु मारमा पर्दै आएको अधिकांश किसानहरुको भनाई छ । आफुले एक कठ्ठामा लगाएको बन्दागोभी आधा मात्र बिक्री गर्न सकेका छन् । उत्पादित तरकारी न्युनतम मुल्यमा पनि बिक्री गर्न नसकेपछि गाई वस्तुलाई खुवाउन बाध्य छन् किसानहरु ।

समयसमयमा किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य पाउन नसकेर खेतबारी मै नष्ट गर्नु परेको दुखद घटनाहरु दोहोरि रहेका छन् । किसानले उत्पादन गरेका तरकारी लगायत अन्य खाद्यन्य वस्तुको सरकारले सहज बजारसँगै उचित मूल्य निर्धारण गर्न नसक्ने हो भने , बारा निजगढका किसानहरुका जस्तै जिल्लाका अन्य किसानहरु पनि यसरी नैं पिडित बन्नु पर्ने अवस्था आउन सक्छन् ।