नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान

matrika yadav

काठमाडौं, १५ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

मन्त्री यादवले मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले बैदेशिक लगानी भित्र्याउन चाहेको पनि स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको अभियानमा चीन सरकार र त्यहाँको निजी क्षेत्रको उल्लेख्य योगदान रहने विश्वास पनि व्यक्त गरे ।

मन्त्री यादवले नेपालमा उद्योगको विकासका लागि निजी क्षेत्रका व्यवसायीहरुले पनि उल्लेख्य योगदान दिन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर समेत भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);