काठमाडौं, १५ चैत । सरकारले मेडिकल कलेजहरुको शुल्क वैज्ञानिक ढंगले निर्धारण गर्ने तयारी गरेको छ । मेडिकल कलेजहरुले जथाभावी शुल्क असुली गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले सो शुल्क बैज्ञानिक ढंगले निर्धारण गर्न लागिएको जानकारी दिएका हुन् ।
शुक्रबार नेपाल मेडिकल काउन्सिलको ५६ औं वार्षिकोत्सवको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा उनले दुई वर्ष भित्र सबै स्थानीय तहमा स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने लक्ष्यका साथ सरकारले काम गरिरहेको दाबी गरे ।
राज्यमन्त्री यादवले स्वास्थ्य सेवालाई निःशुल्क बनाउन सबै स्थानीय तहमा स्वास्थ्य चौकीहरुको स्थापनाको कामलाई अघि बढाइएको जानकारी दिए ।