श्रीमति सिता सहित प्रचण्ड स्वदेश फिर्ता : के भने विमानस्थलमा ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

श्रीमति सिता सहित प्रचण्ड स्वदेश फिर्ता : के भने विमानस्थलमा ?

parchanda firta

काठमाडौं, १४ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । स्वदेश फर्केलगत्तै उनले अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताए ।

पत्नी सिता दाहालको स्वास्थ्य उपचार गरी अमेरिकाबाट बिहीबार अपरान्ह स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई बदनाम गर्ने तथा नेपालका प्रधानमन्त्री, राष्ट्रपति लगायतका उच्च नेतृत्वप्रति नकारात्मक दृष्टिकोणले हेर्ने केही नेपालीहरु अमेरिकामा रहेको टिप्पणी गरे ।

उनले आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परेपनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दुतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको बताए । अध्यक्ष प्रचण्डले पत्नी दाहालको अमेरिकाको तीन वटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधिले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिए ।

त्यसका अतिरिक्त अमेरिकास्थित पार्टीका नेता, कार्यकर्ता र त्यहाँस्थित नेपाली बुद्धिजीविहरुसँग पनि नेपालको समृद्धिका लागि आवश्यक छलफल गरिएको उनले बताए । उनले बासिंटन र मेरिल्याण्ड राज्यका संसद र जनप्रतिनिधिहरुसँग पनि आफूले भेट गरी द्धिपक्षीय हितका विषयमा कुरा गरिएको बताए ।

अध्यक्ष प्रचण्ड गत चैत्र ३ गते आईतबार पत्नी सिताको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए । प्रचण्ड पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित छन् । अध्यक्ष प्रचण्डले अमेरिकास्थित जर्ज टाउन हष्पिटल, जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);