काठमाडौं, १३ चैत । सरकार गठन भएको एक वर्ष भईसकेपछि उसका २-३ वटा कामको सन्दर्भमा केहि चर्चा र केहि विवादहरु भईरहेको छ । खासगरी नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाईसकेपछि यो विषय चर्चा र विवादमा परिरहेको छ । एक थरि मानिसहरु सरकारले ठिक गर्यो भनेर सरकारको प्रसंशा गरिरहेका छन् भने अर्को थरि मानिसहरु सरकारलाई दवाब दिईरहेका छन् । सीके राउत जसले बिखन्डनको मुद्दा उठाएका थिए त्यस्ता व्यक्तिलाई सरकारले शान्तिपूर्ण बाटोमा ल्यायो तर विप्लपलाई किन प्रतिबन्ध लगायो भनेर प्रश्न पनि उठिरहेको छ । संगै सरकारले बिद्रोहीहरु जन्मिन सक्ने वातावरण बन्ने अवस्था न्यूनीकरण गर्ने हो कि त्यस्तो कुरालाई निस्तेज गर्न बल प्रयोग गर्ने भनेर प्रश्नहरु आइरहेको छ । सरकार कहाँ उभिरहेको छ ? सरकारले गरेको कामबाट आम मानिसहरु कति सन्तुष्ट हुन सकिरहेका छन् ? नेकपाको नेतृत्वमा बनेको सरकारले आफुले गरेको कामको प्रसंशा गर्ने तहमा पुगेको छ कि छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता देव गुरुङ्गसंग गरेको कुराकानी हेर्नुहोस् :
अमेरिकाले नेपाललाई चीन विरुद्ध प्रयोग गरेर रणभूमि बनाउँदैछ : देव गुरुङ्ग (भिडियोसहित)
ताजा समाचार
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्यो
१ घन्टा अघि
गाँजा तस्करी गर्ने तीनजना धरानबाट पक्राउ
२१ घन्टा अघि
पिङ्गलास्थानकाे हाेटलमा युवतीको शव भेटियाे
२१ घन्टा अघि