नेपालगन्ज भन्सारबाट आठ महिनामा ८ अर्ब राजस्व असुली | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

नेपालगन्ज भन्सारबाट आठ महिनामा ८ अर्ब राजस्व असुली

nepalganj bhansar

काठमाडौं, १२ चैत । नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ८ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको दोस्रो चौमासिकसम्मको लक्ष्य ७ अर्ब ७६ करोड ७९ लाख ६१ हजार रहेकोमा ८ अर्ब ८ करोड ३१ लाख ८९ हजार अर्थात १०४.०५ प्रतिशत संकलन गरेको हो । यो लक्ष्यभन्दा ३१ करोड ५२ लाख २८ हजार रूपैयाँले बढी हो ।

यस अवधिमा कार्यालयले भन्सार राजस्व ३ अर्ब ९१ करोड ५१ लख ५२ हजार, मूल्य अभिवृद्धि कर ३ अर्ब ६७ करोड ७० लाख ६५ हजार, अन्तःशुल्क १९ करोड ३४ लाख र अन्य राजस्व २९ करोड ७५ लाख ७२ हजार संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);