अमेरिकाको राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ नगरेको अनुसन्धान टोलीको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

अमेरिकाको राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ नगरेको अनुसन्धान टोलीको निष्कर्ष

trump

काठमाडौं, ११ चैत । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष अनुसन्धानले देखाएको छ ।

अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।मुलरले तयार पारेको प्रतिवेदनको सार अमेरिकी संसद्समक्ष पुगेको छ । यसअघि मुलरले आफ्नो प्रतिवेदन अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई हस्तान्तरण गरेका थिए ।महान्यायाधिवक्ता विलियमले त्यसको सार अमेरिकी संसद्समक्ष बुझाएका हुन् ।

संसद्मा बुझाइएको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले न्यायिक प्रक्रियामा अवैध तरिकाले बाधा पुर्याएको बारेमा भने केही उल्लेख गरिएको छैन ।महान्यायाधिवक्ता विलियमले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको बारे पर्याप्त प्रमाण नभेटिएको बताए । यो प्रतिवेदन सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प निकै उत्साहित भएका छन् । उनले ट्वीट गर्दै कुनै मिलेमतो नभएको, कुनै बाधा नरहेको र आफू सम्पूर्ण आरोपबाट मुक्त भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);