आइपिएल: चेन्नईद्धारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजित | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

आइपिएल: चेन्नईद्धारा रोयल च्यालेन्जर्स बैंग्लोर पराजित

ipl

काठमाडौं, १० चैत । साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

१२ औँ संस्करणको आइपिएल शनिबार राति भएको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको टिम चेन्नईले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले पराजित गरेको हो । चेन्नईले टस जितेर बलिङ्ग रोजेपछि पहिलो ब्याटिङ्ग गरेको विराट कोहलीको टिम बैंग्लोरले १७ ओभर एक बलमा सबै विकेट गुमाएर ७० रन मात्र बनाएको थियो ।

उसका लागि पार्थिव पटेलले २९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कोहली १२ बलमा ६ रन बनाउँदा आउट भएका थिए । चेन्नईका हरभजन सिंह र इमरान ताहिरले समान तीन–तीन विकेट लिएका थिए । जवाफी ब्याटिङ्ग गरेको चेन्नईले १७ ओभर चार बलमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);