साफ महिला च्याम्पियनसिप : भारत ३-१ ले अगाडि | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३ २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप : भारत ३-१ ले अगाडि

काठमाडौं, ८ चैत । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालर भारतबीचको भीडन्त जारी छ । यो समाचार तयार पार्दासम्म भारत ३-१ गोल अन्तरले अघि छ ।

खेलको २६ औँ मिनेटमा भारतीय खेलाडी डालिमा छिब्बरले फ्रि-किकमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालको तर्फबाट ३२‌ औं मिनेटमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै खेल बराबरी गरेकी छन् ।

मध्यान्तर पछि भएको खेलमा भारतले ३-१ ले अग्रता लिएकाे छ । भारतकी ग्रेस डाङ्मेइले ६३ औं मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ७७ औं मिनेटमा भारतीय खेलाडी अन्जु तामाङले तेस्रो गोल गर्दै ३–१को अग्रता दिलाइन् ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजेबाट खेल सुरु भएको हाे । डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै पनि खेल हारेको छैन ।

जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा श्रीलंकालाई ५–० र सेमिफाइनलमा बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);