मेलम्चीको काम समयमै सम्पन्न गर्न सबै ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

मेलम्चीको काम समयमै सम्पन्न गर्न सबै ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह

melamchi-bikash samiti

काठमाडौं, ८ चैत । संघीय संसदको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधानका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएको छ । विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले मेलम्चीको खानेपानी आयोजनामा देखिएको समस्या तत्काल समाधानका लागि आवश्यक पहल गर्न सरोकारवाला निकायलाई पनि आग्रह गरिन् ।

शुक्रबार राजधानीमा आयोजित ‘नेपालमा पानी’ विषयक अन्तरक्रिया कार्यक्रममा सभापति खड्काले मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई पनि आग्रह गरिन् । शुद्ध पानी पिउने काठमाडौं उपत्यकाबासीको अधिकारलाई पूरा गर्न पनि सो आयोजना सम्पन्न गर्ने काममा ढिलाई गर्न नहुने सभापति खड्काको भनाई छ ।

इटालियम ठेकेदार कम्पनी सिएमसीले काम पूरा नगरी छोडेर गएपछि सो आयोजनाको बाँकि काम अलपत्र परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);