काठमाडौं, ८ चैत । नेपाली विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपालमा पर्यटन विश्वविध्यालय स्थापना गर्नु पर्ने बताएका छन् ।
नेपाल पर्यटनको हिसाबले निकै धनी देश भएको भन्दै हामीले पर्यटन विश्वविध्याल स्थापना गर्ने सके त्यसले नेपाको पर्यटनलाई एउटा उचाईमा पुर्याउने पनि शाहको बुझाई रहेको छ । बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले अब बन्ने नेपाल विद्यार्थी संघको नेतृत्वले मुद्धालाई निर्णय गरेर जाओस भनेर सुझाव पनि दिएका छन् ।
शाहले अब विकाशको युग सुरु भएकाले विद्यार्थी आन्दोलनको एउटा प्रमुख एजेन्डा बनाएर लैजानु पर्ने तर्क गरेका छन् ।





