निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्न आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्न आयोगको निर्देशन

nirbachan aayog

काठमाडौं, १६ भदौ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्न/गराउन सरकारलाई पुनः निर्देशन दिएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई हेलिकप्टर प्रयोग गर्दा अनिवार्य रुपमा आयोगको स्विकृति लिन पनि सचेत गराएको छ ।

 

आयोगका आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिता लागू भईसकेकाले अव कर्मचारीहरुको सरुवा, बढुवा लगायतका काम नगर्न पनि सरकारलाई निर्देशन दिएको बताए । उनले निर्वाचन प्रभावित हुने गरी बजेट थप गर्ने, रकमान्तर गर्ने जस्ता काम गर्न पनि रोक लगाइएको जानकारी दिए ।

 

निर्वाचन आयोगले विदेश भ्रमणमा जान पनि रोक लगाएको छ । निर्वाचन आचारसंहिता विपरित विदेश भ्रमणमा नजाने र जानैपर्ने अवस्था आए आयोगको स्विकृति लिनुपर्ने व्यवस्था गरिएको आयुक्त शाहले बताए । निर्वाचन आयोगले कुनै सुविधा हुने पद वा निकायमा राजनीतिक नियुक्त नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

 

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउन गत बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो । आयुक्त शाहले आचारसंहिताको पूर्ण पालना भए÷नभएको अनुगमन भइरहेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);