काठमाडौं, २ चैत । नेपाल साफ महिला च्याम्पियनसिप फुटवलको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा पुगेको नेपालले शनिवार भएको सेमिफाइनलमा बंगलादेशलाई तीन शुन्य गोलले पाखा लगाएको हो ।
विराटनगरस्थित शहीद रंगशालामा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको नेपालका लागि सावित्रा भण्डारी र अञ्जली कुमारी योञ्जनले एक एक गोल थपेका थिए । मसुरा प्रविनले पाँचौं मिनेटमा आत्मघाती गोलका कारण नेपालले शुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफमा तीन गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि आफ्नो आक्रमणलाई जारी नै राखेको थियो । जसमा सावित्रा भण्डारी दोस्रो हाफको सुरुवातमा नै दुई पटक चुकीन । तर दोस्रो हाफमा नेपालले गोल भने गर्न सकेन ।
जितसंगै नेपाल समुह ए बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । हारपछि बंगलादेश उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाउन भने सफल भएको छ ।