चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन किरातीको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन किरातीको माग

gopal kirati

काठमाडौं, १ चैत । गोपाल किराती नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष किरातीले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाउने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले चन्द नेतृत्वको नेकपालाई विद्रोहको बाटो छाडेर गणतन्त्रको रक्षाका लागि वार्तामा आउन पनि आह्वान गरे ।

चन्द नेतृत्वको नेकपाले विखण्डनको बाटो लिए गणतन्त्र आफै खतरामा पर्ने भएकाले पनि त्यसो गर्न नहुने उनले बताए । ‘सरकारले चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध गलत छ । वार्ता नगरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम ठिक होईन । सिके राउतलाई सहमतिमा ल्याउने र चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय दमनकारी नीति अन्तरगत संचालित देखिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको’ अध्यक्ष किरातीको भनाई छ ।

अध्यक्ष किरातीले प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला न्यायोचित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);