सहकारी संस्थाहरुलाई 'मर्ज' हुने गरी नियमावली बनाउने तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

सहकारी संस्थाहरुलाई ‘मर्ज’ हुने गरी नियमावली बनाउने तयारी

sachib mainali

काठमाडौं, २८ फागुन । सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ गर्ने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा ‘मर्ज’ हुने गरी आवश्यक नियमावली बनाउन लागिएको जानकारी दिएका हुन् । मंगलबार नेपाल सहकारी पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले एउटै विषय र क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका सहकारी संस्थाहरुलाई पनि मर्ज हुने गरी नियमावली बनाउने तयारी गरिएको एल लेख गरे ।

सरकारले सहकारी मर्जर सम्बन्धि नयाँ बनाउन लागेको नियमावलीमा २०४९ साल जेठ २ गते अघिका साझा सहकारी संस्थाहरुलाई भने मर्ज नगर्ने प्रस्ताव पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);