सीकेसंग विदेशी दवावमा प्रधानमन्त्रीले सम्झौता गरे, ओलीले विप्लवलाई लुटेरा भनेर गल्ती गरे : हरिवोल गजुरेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

सीकेसंग विदेशी दवावमा प्रधानमन्त्रीले सम्झौता गरे, ओलीले विप्लवलाई लुटेरा भनेर गल्ती गरे : हरिवोल गजुरेल (भिडियोसहित)

kharo prashna with haribol gajurel

काठमाडौं, २८ फागुन । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति पछि नेपालको राजनीति तरंगित भएको छ । नेपालको राजनीतिलाई नेपालभित्रबाट मात्र नभएर भारतबाट पनि फरक ढंगबाट हेरिएको छ । नेपाललाई नजिकबाट नियालिरहेका एस डी मोनीको ट्वीटबाट यो कुरा बुझ्न सकिन्छ । उनले सरकार र सीके राउतबीच भएको सम्झौता पछि स्वतन्त्र मधेशको मुद्दा अब ठुलो र रास्ट्रिय मुद्दा बनेको र सार्बजनिक बहसको विषय बनेको भनेर लेखेका छन् । त्यसकै भोलिपल्ट जनकपुरमा पुगेर सीके राउत स्वतन्त्र मधेशको नारा लागेको ठाउँमा सहभागी भए र आफ्नो सुरक्षाको लागि भनेर करिब एक दर्जन ‘स्वराजी सेना’ तैनाथ गरे । यो सबै दृश्य हेर्दा सरकारसंग भएको सहमति एका तर्फ र सीके राउत र उनका समर्थकहरुले गरिरहेको क्रियाकलाप अर्को तर्फ देखिएको छ । के सरकारलाई सीके राउतले प्रयोग गरेका हुन् ? सीके राउतसंग सरकारले धोका पाएकै हो ? स्वयम नेकपाले यो विषयलाई कसरी लिएको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता हरिवोल गजुरेलसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);