काठमाडाैं, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन् ।
अध्यक्ष दाहालले मुलुकको समृद्धिको आधारशीलाको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि व्यवसायिक शिक्षामा जोड दिन पनि सरकारसँग आग्रह गरे । सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय किसान सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
अध्यक्ष दाहालले कृषि क्षेत्रको आधुनिकीकरण गर्न पनि व्यवसायिक शिक्षा अनिवार्य रहेकाले सरकारले यसको उचित व्यवस्थापन गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । उनले कृषि क्षेत्रलाई राज्यले हेयको दृष्टिले हेरेकाले किसानहरु उत्पीडनको शिकार हुनु परेको बताए ।