भारत र अष्ट्रेलियाबीच भएको चौथो एक दिवसीय खेलमा अष्ट्रेलिया बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

भारत र अष्ट्रेलियाबीच भएको चौथो एक दिवसीय खेलमा अष्ट्रेलिया बिजयी

india-austrelia

काठमाडौं, २७ फागुन । पाँच म्याचको एक दिवसिय क्रिकेट श्रृखंला खेलिरहेको भारतले चौथो म्याचमा ३ सय ५८ रनको विशाल स्कोरका बाबजुत नतिजा भने पाहुना टोली अस्ट्रेलियालाई सुम्पेको छ ।

भारतको चण्डीगढमा भएको खेलमा ९ विकेटमा भारतले बनाएको सो स्कोरलाई अस्ट्रेलियाले ६ विकेटको क्षतिमा ४७ दशमलव ५ ओभरमा हासिल गरयो । लगातार दुई खेल जितेको भारतलाई लगातार दुई खेल हराएर अस्ट्रेलियाले सिरिजमा २–२ को बराबरी गर्न सफल भएको छ । २–२ को बराबरीले बुधवार हुने पाँचौ म्याचलाई रोचक बनाएको छ । पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १सय ९३ रनको साझेदारी गरे ।

धवनले यसक्रममा १सय १५ बल खेल्दै १सय ४३ रन बनाए भने रोहित आफ्नो २३ औं शतक बनाउन केवल ५ रनले चुके । उनले ९२ बलको सामाना गर्दै भारतका लागि ९५ रन जोडेका थिए। यसैगरी जवाफी ब्याटिङमा आएको अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र पिटर ह्याण्डस्कम्बले उत्कृष्ट रन जोडेका थिए । उस्मानले ९९ बलमा ९१ रन बनाए भने ह्याण्डस्कम्बले १ सय ५ बलमा १सय १७ रन जोडे । दुबै टोलीले निर्णायक पाँचौ म्याच बुधबार दिल्लीमा खेल्नेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);