८० वर्ष पुगेका तीन सयजनालाई जेष्ठ नागरिक सम्मान | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८१, मंगलबार

८० वर्ष पुगेका तीन सयजनालाई जेष्ठ नागरिक सम्मान

jestha nagarik samman

शम्भु माली
कपिलबस्तु, २७ फागुन । कपिलवस्तुको यशोधरा गाँउपालिकाले पहिलो पटक नागरिक जेष्ठ नागरिक सम्मान गरेको छ । गाउँपालिकाले आठ वटै वडाका ८० वर्ष पुगेका तीन सयजना बृद्धबृद्धाहरुलाई सम्मान गरेको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाकाले ८० वर्ष पुगेका तीन सय जना बृद्धबृद्धाहरुलाई एकै पटक सम्मान गरेको छ । दोसल्ला ओढाइ सम्मान गर्ने क्रममा गाउँपालिकाको ८ वटै वडाका महिला पुरुषलाई पाँच सय नगद, नेपालको राष्ट्रिय झण्डा, हर्लिक्स र फलफुल प्रदान गरेको थियो । गाउँपालिकाले गरेको सम्मानले स्थानीय जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन् ।

आफन्त माथि बोझ महशुस हुने अवस्थामा गाउँपालिकाले ८० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई गरेको सम्मान कार्यक्रमले जेष्ठ नागरिक मात्र होइन स्थानीयहरु पनि हर्षित भएका छन् । गाउँपालिकाको कार्यक्रमले जेष्ठ नागरिकमा खुशी ल्याएकोले यस्तो कार्यक्रम आगामी वर्षहरुमा पनि गरिने जानकारी गाउँपालिकाले दिएको छ ।

सरकारले जेष्ठ नागरिकहरुका लागि विभिन्न सुविधाहरुको व्यवस्था गरेको छ । व्यवस्था धेरै भए पनि कार्यान्वयनमा भने कमी छ । यातायातमा छुट, स्वास्थ्य परीक्षणका छुट जस्ता कार्यक्रम कार्यान्वयनमा नआएकोमा स्थानीहरुको गुनासो छ ।

जेष्ठ नागरिकको सम्मानका लागि कपिलवस्तुको यशोधरा गाउँपालिकाले ल्याएको यस्तो कार्यक्रमलाई सराहनीय मान्न सकिन्छ । अहिलेको व्यस्त समयमा परिवारको आपहेलित व्यवहार सहन बाध्य बृद्धबृद्धालाई यस्तो कार्यक्रमले केही हदसम्म भएपनि उत्साह सिर्जना गर्दछ भन्दा गलत नहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);