एजेन्सी, २५ फागुन । उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर कोरियाले राजधानी प्योङयाङ नजिकको परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी गरिरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका छन् ।
त्यस क्षेत्रबाट धेरैजसो ब्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम हुने गरेको जनाइएको छ । उत्तर कोरियाको मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालनमा ल्याउने तयारी भैरहेको समाचार सार्वजनिक भएको एक हप्ता नबित्दै रकेट प्रक्षेपण गर्न लागेको रिपोर्ट प्रकाशमा आएको हो ।
विज्ञहरुले भने प्योङयाङ मिसाइल परीक्षण भन्दा पनि स्याटलाइट परीक्षणको तयारीको चरणमा रहेको विश्वास गरेका छन् ।