ललितपुर, १६ भदौ । रक्षामन्त्री भिमसेनदास प्रधानले भष्ट्राचारीलाई निर्वाचनमा उम्मेदवार बनाउनेगरि ल्याइएको निर्वाचन विधेयकको विरोध गरेका छन् ।
पाटन क्याम्पसको ६४ औ बार्षिकोत्सवको अवसरमा आयोजीत कार्यक्रममा मन्त्री प्रधानले भष्ट्राचारजन्य कसुरमा सजाय पाएकाले निर्वाचन लड्न पाउने प्रावधान ल्याउन खोज्नु गलत भएको बताएका छन् । उनले हरेक क्षेत्रमा भष्ट्राचार भएको बताउदै भष्ट्राचारीलाइ कडा भन्दा कडा सजाय दिनुपर्ने धारण राखे ।
उनले भ्रष्ट्राचारको मनासयले विकास निर्माणको काममा कमसल सामग्रीको प्रयोग गरिने गरेको भन्दै विकास निर्माणका काममा भ्रष्ट्राचार गर्नेलाई कडा कारबाही गर्नुपर्ने जिकिर गरेका छन् ।