दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्ध-विच्छेद | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्ध-विच्छेद

buda

चरिकोट, २१ फागुन । उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।

‘त्यो बेला दुःख सुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्ध-बिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरे । भदौ १ देखि लागू भएको मुलुकी देवानी (संहिता) ऐनले सम्बन्ध-बिच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

‘२०५० सालदेखि झैझगडा गर्न थाले पनि सहेर बसेको थिएँ,’ एक्लै बस्दै आएका उनले भने, ‘२०६६ देखि उनी काठमाडौंं गएर बसिन् ।’ श्रीमतीले २०७३ चैतमा अंश चलन मुद्दा हालेको उनले सुनाए । भने, ‘मैले अंश दिएँ ।’ यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);