चीनबाट ३२ अर्बको गाई ल्याउने सरकारकाे तयारी, किसान-भन्छन् गाई होइन प्रविधि भित्र्याउ | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

चीनबाट ३२ अर्बको गाई ल्याउने सरकारकाे तयारी, किसान-भन्छन् गाई होइन प्रविधि भित्र्याउ

cow

चितवन, २० फागुन । चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानको विरोध गर्दै आएका छन् ।

किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेका छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । गाई ल्याउन गरिएको सम्झौताको दुग्ध उत्पादन किसानले विरोध गरको छन् ।

नेपालमा अहिले दैनिक २२ लाख लिटर दूध उत्पादन भइरहेको छ । किसानले उत्पादन गरेको दूध बिक्रीको समस्या रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने बताउँछन् । बजार पाउनु जत्तिकै समस्या बिक्री भएका दूधको भुक्तानीमा पनि रहेको उनले बताए ।

किसानले दूधको भुक्तानी रकम पनि पाउन महिनौँसम्म कुर्नु परेका छ । ‘लागत अनुसारको मूल्य किसानले पाउन सकेको छैनन्,’ उनी भन्छन्, ‘ढुटो, चोकर, दानाकोे मूल्य भने दिनहूँ बढिरहेको छ ।’ यो समाचार नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);