पाइलटले नाइँ भन्न नसक्दा... | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

पाइलटले नाइँ भन्न नसक्दा…

pilot le nai bhanna nasakda

काठमाडौं, १८ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको हेलिकप्टर दुर्घटनाको कारण के होला ? यसबारे सबैको चासो छ । तर यसको कारण पत्ता लगाउन भने चुनौती देखिन्छ । विश्वभर वायुयान दुर्घटनाको तथ्यांक अध्ययन गर्दा साना विमान तथा हेलिकप्टर दुर्घटना दर उच्च छ ।

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार यसको कारण भनेको नियमित सेवामा सञ्चालन हुने व्यवसायिक वायुयानका लागि निर्धारित उडान सुरक्षा मापदण्डको तुलनामा साना विमान तथा हेलिकप्टरका लागि निर्धारित त्यस्तो मापदण्ड फरक हुनु हो ।

बुधबार डाइनेस्टी एयरको बीथ्रीई हेलिकप्टर दुर्घटना कसरी भयो भन्नेबारे जवाफ आइसकेको छैन । तर अधिकारीहरूले यसको कारण सिफिट भनेका छन् । सिफिट भनेको पाइलटको कमान्डमा रहेको कुनै पनि उडानयोग्य विमान अन्जानवश बादलभित्र छिरेर दुर्घटनामा पर्नु हो । यस्तो अवस्थामा पाइलटले सही निर्णय गर्न सक्दैनन् । जसका कारण दुर्घटना हुन जान्छ । ‘पछिल्ला वर्ष अधिकांश हेलिकप्टर सिफिटका कारण दुर्घटनामा परेका देखिन्छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘हाम्रो प्रारम्भिक अनुमान सिफिट रहेको छ ।’

प्राधिकरणले सन् २००८ देखि २०१७ सम्म नेपालमा भएका ३० वटा हवाई दुर्घटनाको अध्ययन गरेको थियो । जसमा सबैभन्दा धेरै दुर्घटनाका कारण सिफिट रहेको छ । यसको दर ३७ प्रतिशत छ । त्यसपछि विमानको कन्ट्रोल गुम्नु (एलओसी) ३३ प्रतिशत, दुई वा बढी विमान आकाशमा ठोक्किनु (म्याक) शून्य, धावनमार्गबाहिर चिप्लिनु २९ प्रतिशत र वन्यजन्तुसँग ठोक्किने आदि कारण छन् ।

यी कारणमध्ये सबैभन्दा धेरै सिफिट रहेको देखिन्छ । ‘यसबाट कसरी जोगिने ?’ सबैभन्दा पहिले पाइलटले गन्तव्यको मौसमबारे जानकारी राख्नुपर्छ । उडानमा मौसमसँगको सम्बन्ध नङ–मासुजस्तै मानिन्छ । उडान अगाडि भौतिक र प्राविधिक तयारी गरेजस्तै मौसमका विविध पक्षबारे पनि उत्तिकै जानकारी अपरेटरलाई हुनुपर्छ ।

‘हेलिकप्टरलाई उपकरण सहायतामा उडान भर्न अनुमति छैन । अर्थात् कि त आकाश कि जमिन देखेर यात्रा गर्नुपर्छ । बुधबार दुर्घटनामा परेको हेलिकप्टर २३ हजार फिटसम्म उड्न सक्ने क्षमताको हो । नेपालमा १२ हजार फिट हाराहारी उचाइमा हेलिकप्टर उड्छन् । यिनले कि त बादलमाथि आकाश हेरेर उड्नुपर्छ या बादलको तहभन्दा मुनिबाट जमिन हेरेर उड्नुपर्छ । ‘मौसम बिग्रिएको छ र अघि बढ्न मुस्किल हुँदा नजिकै खोला, चौर वा डाँडामा अवतरण गरेर कुर्नु नै सिफिटबाट जोगिने उपाय हो,’ ती अधिकारी भन्छन् ।

डाइनेस्टीका क्याप्टेन प्रभाकर केसीले पाथीभराबाट फर्किनुअघि त्यहाँको मौसमबारे सुकेटार विमानस्थलको टावरलाई जानकारी गराएका थिए । उनले ‘हिमपात भइरहेकाले उड्न नसकेको’ भनेका थिए । एयर डाइनेस्टीका अनुसार त्यस दिन दोस्रो प्रयासमा क्याप्टेनले टेकअफ गरेको देखिन्छ । ‘पाइलटले प्रेसर लिएको जस्तो अनुमान गरेका छौं,’ एक हेलिकप्टर व्यवसायीले भने, ‘त्यही दिन बेलुकी आङछिरिङ शेर्पा फ्रान्सका लागि उडदै हुनुहुन्थ्यो भने भोलिपल्ट मन्त्री अधिकारी जर्मन जाने कार्यत्रम थियो । उहाँहरूको हतारोले सायद पाइलटलाई दबाब परेको हुन सक्छ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);