माओवादीका समानुपातिक सांसद् घिसिङद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी-केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट राजीनामा दिएका छन्। ललितपुर जिल्लाबाट माओवादीको समानुपातिक सांसद् रहेका घिसिङले हिजो बिहीबार आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष राजीनामा बुझाएका हुन्।

 

गत बैशाखमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक पटक दलको ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसद् घिसिङले राजिनामा दिएको हुनसक्ने माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले बताएकी छन्।

 

यस अघि पार्टी नीति विपरीत स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाउने, पार्टीको हितविपरीत गतिविधि जारी भन्दै माओवादी केन्द्र ललितपुर जिल्ला समितिले निर्वाचन अगाडि नै सांसद तामाङ पार्टीबाट निस्कासन गरेको घोषणा गरेको थियो।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);