भरतपुर महानगरले सडक बनेको रकम भुक्तानी नगर्दा उपभोक्ता आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

भरतपुर महानगरले सडक बनेको रकम भुक्तानी नगर्दा उपभोक्ता आक्रोशित

sadak chitwan-bharatpur mahanagar

प्रनिश थापा
चितवन, १७ फागुन । सडक निर्माण सम्पन्न भएको ७ महिना बितिसक्दा पनि भरतपुर महानगरपालिकाले रकम भुक्तानी नगरेको भन्दै उपभोक्ताहरु आक्रोशित बनेका छन् । सम्झौता अनुसार स्थानीयले गरेको २० प्रतिशत लगानी महानगरले भुक्तानी गर्नुपर्नेमा नगरेपछि स्थानीय उपभोक्ता समिति आक्रोशित भएका हुन् ।

भरतपुर महानगरपालिकास्थित वडा नं. ७ गौतम चोकदेखि शिवालय मन्दिरसम्म र केहि भित्री सडकको पीच बनाउने कार्य गौतम चोक शिवालय उपभोक्ता समितिले ७ महिना अगाडि नै सम्पन्न गरेको थियो । सडक निमार्णका लागि ८९ लाख खर्च भएको निर्माण समितिले जनाएको छ । स्थानीयले २० प्रतिशत रकम र महानगरको ८० प्रतिशत लगानी सम्झौतामा काम भएको थियो ।

गुणस्तरीय पीच निमार्ण भए पनि केही सिमित ब्यक्तिले ब्यक्तिगत रिसईवी साँधेर निमार्ण कमसल भएको भन्दै अख्तियारमा उजुरी गरेपछि त्यहीं वहानामा यतिका दिनसम्म महानगरले रकम भुक्तानी नदिएको उपोभक्ताहरुले आरोप लगाएका छन् । अख्तियारले अनुगमन गरी बाटो निमार्णमा समस्या नभएको जनाउँदै महानगरलाई भुक्तानी नरोक्न भनीसकेको छ ।

महानगरलाई नियमानुसार भुक्तानी दिन निर्देशन दिई सकेपनि भुक्तानी दिन आलटाल गरिरहेको निमार्ण अनुगमन समिति सदस्य तथा क्रान्तिनगर टोल विकास संस्थाका अध्यक्ष केशव कार्कीले बताए ।

भरतपुर महानगर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेका अनुसार भुक्तानी रोक्नु पर्ने कारण देखिंदैन । सडकको गुणस्तरमा कुनै कमजोरी नभएको विभिन्न परीक्षणहरुले देखाइ सकेकोले उपभोक्तालाई रकम भुक्तान गर्नु पर्ने उनि बताउँछन् ।

भरतपुर महानगरपालिका प्रमुख नेत्र सुबेदीले भने अख्तियारले निरीक्षण गरिरहेकाले रकम भुक्तानी रोकिएको बताए । केहि दिनमा टुगों लाग्ने र केही दिन धैर्य गर्नुपर्ने उनको भनाइ छ ।

आफ्नो स्थानमा सडक निर्माणको लागि केही प्रतिशत लगानी स्थानीय स्तरमै हुनु पक्कै पनि राम्रो हो । यसले विकासमा स्थानीयको सहभागितालाई प्रवद्र्धन गर्छ । तर निर्माण सम्पन्न भएपछि यो वा त्या बहानामा भुक्तानी रोक्ने र प्रक्रियागत अल्झनमा पारी उपभोक्तालाई हैरानी पारिनुलाई भने राम्रो मान्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);