अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस विभिन्न कार्यक्रम गरी मनाईयो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

अन्तर्राष्ट्रिय ह्वीलचेयर दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

international wheelchair day

काठमाडौं, १७ फागुन । शारिरीक अपांगता भएकाहरुलाई रोजगारी र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दै नेपालमा पनि ११ औं अन्तर्राष्ट्रिय ह्विलचेयर दिवस मनाइएको छ । दिवसका अवसर पारेर शुक्रवार राष्ट्रिय अपांग महासंघ, नेपालको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा ¥यालीसहितको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

शारिरीक रुपमा अपांगता भएका नागरिकहरुलाई दिएको संवैधानिक अधिकार कार्यान्वयनमा लैजान माग गर्दै राजधानीको भृकुटीमण्डपबाट शुरु भएको र्याली सहिदगेट, न्यूरोडगेट, शान्ति बाटिका हुँदै पुनः भृकुटीमण्डवमा आएर समापन भएको थियो ।

कार्यक्रममा सहभागी शारिरिक रुपमा असक्त राष्ट्रियसभाका सांसद प्रकाश पन्तले शारिरीक रुपमा अपांगता भएका नागरिकहरुलाई रोजगारी र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा सहभागी भएका शारिरीक रुपमा अपांगता भएकाहरुले आफूहरुलाई सहानुभूति नभई रोजगारी र सामाजिक सुरक्षाको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);