यस्तो रह्यो मन्त्री अधिकारीको एघार महिने कार्यकाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

यस्तो रह्यो मन्त्री अधिकारीको एघार महिने कार्यकाल (भिडियोसहित)

rabindra-adhikari

तेजना पण्डित

काठमाडौं, १७ फागुन । पर्यटनका क्षेत्रमा सुधारकको घोषणासहित क्रियाशील रहँदै गर्दा पर्यटन मन्त्री रविन्द्र अधिकारीको दुर्घटनामा निधन भएको छ । अधिकारीको निधनसँगै अधिकारीका राम्रा काम र अवको पर्यटनक्षेत्रको भविश्यका विषयमा समेत बहस सुर भएको छ ।

गतबर्षको चैत्र महिनामा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका रविन्द्र अधिकारीले आफ्नो एघार महिनाको कार्यकालमा उल्लेख्य सुधार गरेको सरोकारवालाको भनाई छ । मन्त्रीपद संहालेसँगै उहाँको सक्रीय नेतृत्वमा त्रिभुवन बिमानस्थललाई १८ घण्टाबाट बढाएर दैनिक २२ घण्टा संचालनमा ल्याउने काम गरेको, नयाँ धावनमार्ग बनाउन लागेको, चारवटा ह्याङर बनाउने लगायतका सुधार गर्न प्रत्साहन गर्नुभएको थियो ।

यस्तै धनगढी, चन्द्रगढीसहितका छ वटा विमानस्थलमा रात्री उठान सुरुवात गराउन पनि अधिकारीकै हात रहेको छ । भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको, पोखराको बिमानस्थलको काम तीब्र रुपमा अगाढी बढाउने लगायतका गरेको नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।

केही फरक र नयाँ काम गर्ने चाहनाका साथ एसियामा पहिलोपटक ‘एक्सेसिवल ट्रेकिङ्ग ट्रेल’ अर्थात अपांगताहरुको भएकाहरुको समेतपहुँचमा हुनेगरि ट्रकिङ रुट, देशैभर पर्यटन प्रबद्र्धनका लागि १०० वटा नयाँ पर्यटकीय क्षेत्रको लिष्ट सार्वजनिक गरिएको थियो ।

काठमाडौं भक्तपुरका संपदाहरुको पुन निर्माणमा तीब्रता दिइएको, उनले देशमा रोजगारी श्रीजना गर्ने र विदेशी मुद्रा आर्जन गर्न भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटन भीत्राउने लक्ष्यसहितको तयारी भइरहेको थियो । नक्कली ‘रेस्क्यु’ रोकेरपर्यकमाझ नेपालको छवि सुधार, चाईनाफोकस वेवसाईडको पुनसंचालन, सहितअधिकारीले थालेका प्रयास पर्यटन क्षेत्रमा मरिसकेको आस जगाउने काम भएको सरोकारवालाको बुझाई छ ।

पर्यटनको क्षेत्रमा केही गर्ने प्रतिबद्धताका साथ लाग्नु भएका मन्त्री अधीकारीको बुधवार अकल्पनीय निधन भएको छ । निधनले अधिकारीको सपनामात्र अधुरो बनाएको छैन, देशको लक्ष्य हासिल गर्न त्यही सक्रियाता होला कि नहोला भन्ने प्रश्न उठाइदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);