कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक

jail

काठमाडौं, १७ फागुन । अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारु त्रिभुवन विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो ।

सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो?’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरु बाहिर आइरहेका छन् । खै हाम्रा मान्छे निस्किएका छैनन् ।’

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जब रजस्ती श्रम गराई बाख्रागोठमा काम लगाइ राखेको थियो । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए ।

त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भरवाडी, रुपन्देहीबाट रातारात आइपुगेकी थिइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

कुवेत जान हिँडेका सत्यनाराणलाई दलालले साउदीको सलगाइद पुर्याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवास समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् ।