पाकिस्तानमा बढेकाे तनावसँगै नेपाल आउने उडान प्रभावित | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

पाकिस्तानमा बढेकाे तनावसँगै नेपाल आउने उडान प्रभावित

airlines

काठमाडौं, १७ फागुन । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार खाडी मुलुकबाट आउने सबै जहाजको रुट परिवर्तन भएको छ ।

पाकिस्तानी आकाश प्रतिबन्धित भएपछि कतार, दुवईलगायत खाडी मुलुकबाट नेपाल आउने जहाजको हवाईमार्ग बदलिएको प्राधिकरणका एक अधिकारीले बताए । नयाँ रुट अनुसार खाडी मुलुकबाट उडेको जहाज भारतको महाराष्ट्र हुँदै नेपाल आउन थालेको उनले बताए ।

साबिक उडान तालिकाअनुसार खाडी मुलुकबाट नेपालका लागि उड्ने जहाज पाकिस्तान र अफगानस्तानको पठार क्षेत्र हुँदै सिधै नयाँ दिल्लीको आकाशमार्ग प्रयोग गरी त्रिभुवन विमानस्थल अवतरण गर्थे । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);