पेट्रोलिय पाईपलाईन विस्तारमा देखिएको अवरोध हट्यो | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

पेट्रोलिय पाईपलाईन विस्तारमा देखिएको अवरोध हट्यो

काठमाडौं, १६ फागुन । भारतरको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म पेट्रोलिय पाईप लाईन विस्तारमा देखिएको अवरोध अब हटेको छ । पर्सा राष्ट्रिय निकुन्जको जंगलका कारण अवरोध भएको मोतिहारीदेखि अमलेखगंजसम्मको पेट्रोलियम पाइप विस्तारको लागि बुधवारदेखि बाटो खुलेको छ ।

मन्त्रिपरिषदको निर्णयसँगै जंगल क्षेत्रको रुख काट्न सुरु गरिएपछि पाइप लाइन विस्तारको काम अघि बढेको हो । भारतको मोतिहारीबाट आउने पाईपलाईनको विस्तार कार्य भारततर्फ सकिएको छ । नेपालतर्फको काम निकुन्ज भित्र जंगलकै कारण रोकिदै आएको थियो । नेपालतर्फ ९ किलोमिटर विस्तार गर्न बाँकी छ ।

पर्सा राष्ट्रिय निकुन्जले रुख काट्ने आधिकारीक पत्रचार गरे लगत्तै टिम्बर कर्पाेरेशनले बुधबारदेखि रुख काट्न सुरु गरेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिए ।

यादवका अनुसार काम शुरु भएको ४५ दिन भित्र बाँकी ९ किलोमिटर जंगल क्षेत्रको सबै रुख काट्ने काम सकिनेछ । त्यस लगत्तै पाइप विस्तारको काम शुरु गरी आउँदो बैशाख महिनाबाट पाईपलाईनको काम सञ्चालनमा आउने अमलेखगन्ज डिपोका प्रमुख प्रदिप यादवले बताए ।

रक्सौल सिमाबाट नेपाल भित्र पर्ने २७ किलोमिटर पाईप ओछयाउने काम सम्पन्न भैसकेको छ । पर्सा राष्ट्रिय निकुन्ज भित्र पर्ने ९ किलोमिटर वन क्षेत्रका कारण पेट्रोलियम पाइप लाइन विस्तारको काम ढिलाई हुँदै आएको थियो ।

बजार क्षेत्र र जंगल कै कारण ढिलो हुँदा परियोजनाको लागत समेत बढेको छ । सुरुमा दुई सय ७५ करोड भारतीय रुपैंयाँमा सम्पन्न हुने लक्ष्य रहेको आयोजनाको लागत अहिले बढेर तीन सय २४ करोड पुगेको आयोजनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);