यातायात क्षेत्रकाे चक्रीय प्रणाली खारेज गर्ने कानुन बनाउन सांसदकाे माग | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

यातायात क्षेत्रकाे चक्रीय प्रणाली खारेज गर्ने कानुन बनाउन सांसदकाे माग

sanghiya samsadh

काठमाडौं, १५ फागुन । राष्ट्रिय सभाका सांसदहरुले यातायात क्षेत्रमा लगाइएको चक्रीय प्रणाली खारेज गर्ने नीति कार्यान्वयनका लागि कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकको सुन्य समयमा सांसद राम नारायण बिडारीले यातायात क्षेत्रमा लगाइएको चक्रीय प्रणाली खारेज गर्ने नीति कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सरकारसँग माग गरे । उनले औद्योगिक क्षेत्रहरुमा स्थापना गरिएका उद्योगहरुको जग्गाको भोगचलनसम्बन्धि विवाद तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामलखन चमारले नवलपरासीमा रहेकोे महेशपुर भन्सार घाटामा गएको उल्लेख गर्दै त्यसबारे संघीय संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।

त्यसैगरी बैठकमा सांसद शान्तिकुमारी अधिकारीले मुलुकमा विद्यमान महिला हत्या, हिंसालगायतका घटना तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराए ।

बैठकमा बोल्ने अन्य सांसदहरुले देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);