एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने

paretak

काठमाडौं, १५ फागुन । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउने उद्देश्यका साथ एनआरएनएले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको हो । स्न २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई पूरा गराउन सहयोग गर्न सन् २०१९ लाई नेपाल प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

अध्यक्ष भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपाल बारे प्रचार प्रसार गर्ने योजनाका साथ नेपाल प्रवद्र्धन वर्ष मनाउने घोषणा गरिएको स्पष्ट पार्नु भयो । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष बनाउने तयारी गरिरहेको छ ।

ताजा समाचार