अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन् | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन्

hou-yanchi

काठमाडौं, १५ फागुन । छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ ।

अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा चिनियाँ लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए । यो पारदर्शी पनि रहनुपर्ने उनको धारण थियो । राजदूत होउले भने अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनु पर्ने बताइन् । याे समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);